काठमाडौं– आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालले आज अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।
आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।
नेपाल र अमेरिकाबीच अहिलेसम्म ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपाल तीन खेलमा विजयी, दुई खेलमा पराजित र एक खेलमा बराबरी भएको छ ।
यस्तै अर्काे खेलमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन् । यी दुईबीचको खेल पनि दिउँसो पौने १ बजे हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar