२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं– पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् ।
बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीन÷तीन जना बेपत्ता भएका छन् । उनीहरूको खोजी भइरहे पनि अवस्था पत्ता लागेको छैन । लगातार पानी परिरहेकाले खोजीमा कठिनाइ भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
गएको शनिवार र आइतवार आएको बाढी पहिरोमा परेर अहिलेसम्म आठ जनाको ज्यान गएको पुष्टि भएको छ । ताप्लेजुङ र पाँचथरमा तीन÷तीन जना तथा भोजपुर र सङ्खुवासभामा एक÷एक जनाको ज्यान गएको पुष्टि भएको प्रहरीले जनाएको छ । यस्तै छ जना घाइते भएका छन् ।
बाढी पहिरोले सडक ध्वस्त भएकाले प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भइरहेको छ । पहिरोले मध्यपहाडी राजमार्गको पाँचथर–तेह्रथुम सडक खण्ड पनि बन्द भएको छ । आज पनि यी जिल्लामा ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar