२०८१ बैशाख २०, बिहिबार
काठमाडौं– कैलालीमा अवैध काठसहित फर्निचर सञ्चालकलाई पक्राउ गरिएको छ । आज कैलारी गाउँपालिका–२ उजेरीसिमरामा रहेको रामवीर फर्निचर उद्योगका सञ्चालक सोही ठाउँका ५४ वर्षीय रामकुमार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले विशेष सूचनाका आधारमा चौधरीलाई १ लाख ७० हजार रुपैयाँ पर्ने १०६ दशमलव ५१ क्युफिटका ७ वटा सालका गोलिया र १८ वटा सिलापट बरामद गरिएको जानकारी दिए ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । चौधरीलाई काठसहित आवश्यक कारबाहीका लागि सब डिभिजन वन कार्यालय उदासीपुरमा बुझाइएको प्रहरी निरीक्षक साउदले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar