काठमाडौं– धितोपत्र बोर्डले तत्काललाई घोराही सिमेन्टको प्राथमिक सेयर (आइपिओ) निष्कासन रोक्का गर्न निर्देशन दिएको छ ।
केयर रेटिङ नेपाललाई कम्पनीको प्राथमिक सेयर रेटिङ नियम विपरीत गरे÷नगरेको भन्दै तीन दिनभित्र जवाफ पठाउन बोर्डले गत जेठ ३० गते पत्राचार गरेको थियो । रेटिङ कम्पनीले तोकेको दिनमा जवाफ नपठाएको भन्दै प्राथमिक सेयर निष्कासनमा समेत रोक्न लगाएको हो ।
कम्पनीले सामूहिक लगानी कोष, स्थानीय र वैदेशिक कामदारलाई खुला गरेको सेयर समेत बिक्री भएको थिएन। तर, सर्वसाधारणको लागि जारी गरेको सेयरमा मागभन्दा बढी आवेदन परे पनि आवेदन दिने मिति आजै थपेको थियो ।
यसक्रममा कम्पनीको सेयरमा १४ जनाभन्दा धेरैले आफ्नो बैंक खातामा रकम नभएपनि ८४ लाखभन्दा बढी कित्ता सेयरको लागि आवेदन गरिएको पाइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar