२०८१ बैशाख २०, बिहिबार
कालीकोट – हुम्लाको सिमकोटबाट हिल्साका लागि छुटेको जीप उत्तरी नाम्खा गाउँपालिका–२ मा रहेको च्याछरा भिरबाट खस्दा एक जनाको ज्यान गएको छ ।
कर्णाली प्रदेश ०३–१–०२२ च ५१२६ नम्बरको जीप नदीमा खस्दा चालक जनकपुरका राजेशहेमजंग तामाङको ज्यान गएको हो ।
दुर्घटनामा घाइते भएका तामाङको उपचारका क्रममा ज्यान गएको हुम्लाका प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले बताए ।
चीनको ताक्लाकोट जानका लागि सीमा पास बनाउन सिमकोट आएका लिमीका १२ जना यात्रु बोकेको जीप हिल्सा जाँदै गर्दा दुर्घटनामा परेको भट्टराईले बताए । दुर्घटनाअघि उकालो सडक भएकाले जीपका यात्रु भने ओर्लिएका थिए ।
सामानसहित भिरबाट कर्णाली नदीमा खसेको जीप बेपत्ता भएको भट्टराईले बताए । बेपत्ता भएको जीपको प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar