२०८१ बैशाख २०, बिहिबार
काठमाडौं– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
पहिरोमा परि केशरबहादुर राई र उनका छोरा सुरेश राईको ज्यान गएको हो । यस्तै, राजकुमार राई घाइते भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
पहिरोमा बेपत्ता भएका केशरबहादुर मृत भेटिएको र घाइते भएका सुरेशको उपचार लागि लैजाँदै गर्दा ज्यान गएको हो ।
यस्तै, शनिवार राति गएको पहिरोमा परि बेपत्ता भएका मेहेलेका एकै घरका तीन जना अझै सम्पर्कविहीन छन् ।
मेहेलेमा शनिवार बेलुकादेखि सुरु भएको वर्षा अझै रोकिएको छैन । यहाँका प्रायजसो सबै स्थानीय आफ्नो घर छाडेर अन्यत्र सरेका छन् तर सुरक्षित भनिएकै ठाउँमा पनि वर्षा भइरहेका कारण जोखिम रहेको स्थानीयले बताएका छन् ।
ताप्लेजुङको मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ । मेहेलेमा मात्रै पहिरोले छ वटा घरमा पूर्णरुपमा क्षति पुर्याएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar