२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना दिवसमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
आज विहान बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकको संयुक्त बैठकले असार ७ गते पार्टी स्थापाना दिवसका अवसरमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
रास्वपाका सह—महामन्त्री कविन्द्र बर्लाकोटीले भने, ‘ स्थापना दिवसमा विभिन्न दलका प्रमुख, कुटनीतिक नियोगका प्रतिनिधि लगायतलाई चियापान निमन्त्रण गर्छौँ ।’
उनका अनुसार रास्वपाले पार्टी स्थापना दिवसका अवसरमा साप्ताहिक कार्यक्रम चलिरहेको छ । उनले भने, ‘असार १ देखि ७ गतेसम्म प्रदेशदेखि केन्द्रसम्म पार्टीका गतिविधि चलिरहेका छन् ।’ असार ७ गते पार्टी कार्यालयमा चियापान कार्यक्रम राखिने उनले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar