काठमाडौं– काठमाडौंका विभिन्न स्थानबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको खोलामा मिसाएको भन्दै ललितपुर महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गराएको छ । सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा ललितपुरको क्षेत्रमा पर्ने खोलामा मिसाएको भेटेपछि महानगरले ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
गत जेठ २५ गते ललितपुर महानगरले धोबिखोला क्षेत्रमा रहेको करिडोरबाट खोलामा दिशा पिसाबसहितको फोहोर फाल्दै गरेको अवस्थामा दुईवटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रति सवारीसाधन ५० हजार जरिवाना तिराएको ललितपुर महानगरका सुरक्षा प्रमुख सीताराम हाछेथुले बताए ।
काठमाडौंका विभिन्न क्षेत्रबाट सेफ्टी ट्यांकी सफा गरेर ल्याएको दिशा तथा पिशाब ललितपुरको च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको स्थान भित्रबाट धोबीखोला फाल्ने गरेको पाइएको थियो ।
अनुगमनका क्रममा महानगर प्रहरीले बा ३ ख २८० र बा३ख ९४०३ नम्बरको गाडी नियन्त्रणमा लिएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar