संखुवासभा– संखुवासभाको हेवा खोलामा शनिवार रातीको बाढीले बगाउँदा बेपत्ता हुनेको संख्या २१ पुगेको छ ।
बाढीले चैनपुर ४ मा निर्माणाधिन सुपर हेवा हाइड्रोपावरका कार्यरत १८ जना बेपत्ता भएका छन्।त्यस्तै सभापोखरीमा २ जना र नुनढाकीमा १ जना बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डिएसपी वीरेन्द्र गोदारले बताए ।
आज बिहान सुपर हेवा हाइड्रोपावरमा कार्यरत २ जना भने प्रहरीको सम्पर्कमा आएका डिएसपी गोदारले बताए ।
त्यस्तै बाढीले बगाउँदा पाँचखपन–९ का सन्तोष राईको मृत्यु भएको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको हो ।
घटनाको पूर्ण विवरण भने आइनसकेको प्रहरीले बताएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar