काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका पाँच दलले असार ४ गते अर्थात सोमबार समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् ।
आज बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले मोर्चा घोषणाको मिति तय गरेको हो ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानका नेताहरुले असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने तय गरेका हुन् ।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि मोर्चामा ल्याउने निर्णय उनीहरुले गरेका छन् । समाजवादी मोर्चाको ड्राफ्ट तयार गर्न माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा, जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar