काठमाडौं– मूल्य नपाएको भन्दै काठमाडौंको मुख्य तरकारी बजार कालीमाटीमा गोलभेँडा सडकमा फालिएको छ ।
कालीमाटी बजारका व्यापारी र किसानले गोलभेँडा फालेका हुन् । गोलभेँडाको मूल्य नपाएको भन्दै व्यापारी र किसानले विरोध गर्दै गोलभेँडा सडकमा मिल्काएको थोक व्यापारी भगवानचन्द्र उप्रेतीले बताए । भारतीय गोलभेँडा आयात हुँदा स्वदेशी उत्पादनले मूल्य नपाएको किसानको गुनासो छ ।
सडकमा फालिएको गोलभेँडा हटाउन बिहान एक्स्काभेटरको प्रयोग गरिएको थियो । अहिले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसान र व्यापारीसँग छलफल गरिरहेको छ ।
समितिका अनुसार कालीमाटी बजारमा अहिले सानो गोलभेँडा किलोको ६ देखि १० रुपैयाँ थोक मूल्य छ । यस्तै, भारतीय ठूलो गोलभेँडा भने किलोको ४० देखि ५० रुपैयाँ थोक मूल्य रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar