काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि कोशी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक÷दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ
यस्तै, आइतबार दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू–भागका साथै देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू–भागका एक÷दुई स्थानमा मेघ–गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
यसैगरी आइतबार राती कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी तराई भू–भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar