काठमाडौं – चितवनको रामपुरमा अलपत्र रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण पूरा गर्न वाग्मती प्रदेश सरकारले पाँच करोड बजेट विनियोजन गरेको छ ।
प्रदेससभामा आज भएको २०८०/०८१ को बजेट भाषणमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले अलपत्र अवस्थामा रहेको रंगशाला निमार्णका लागि पाँच करोड विनियोजन गरेको घोषणा गरेका हुन् ।
‘चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सम्पन्न गर्न रु पाँच करोड विनियोज गरेको छु,’ बजेट भाषणमा मन्त्री लामाले भने ।यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले २०७५ साल माघ २० गतेदेखि रंगशालाको निमार्ण कार्य सुरु गरेको थियो । तर, रकम अभाव भएपछि फाउन्डेसनले रंगशाला निमार्णबाट हात झिक्दै सरकारलाई स्वामित्व लिन आग्रह गरेको थियो । फाउन्डेसनले रंगशाला निमार्णका क्रममा १६ करोड ऋण लागेको भन्दै २०७८ असोज पहिलो सातादेखि काम रोकेको थियो । (बिबिसीबाट)
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar