काठमाडौं– २६ जेठबाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ ।
दक्षिण कोरियाको विभिन्न सहरमा प्रदर्शन गर्नेगरी धनजित वाइबाको समूहले किनेको हो । बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको फिल्मका निर्देशक फूलमान वलले जनाए ।
भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यहरूले पुनर्मिलनको लागि गरेका प्रयत्नमा आधारित फिल्म अन्य देशमा प्रदर्शन गर्ने योजना समेत बनिरहेको वलले बताए ।
‘फ्यामिली मिसिङ’को कथासँगै राज्य प्रणालीको कमजोर पक्षसमेत उजागर गरिएको फिल्म गणेश हिमाल मुनिको रुबी भ्याली, रसुवा र काठमाडौँमा छायाङ्कन गरिएको छ ।
दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतले अभिनय गरेको फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar