काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सात दिने स्पष्टीकरण सोधेको छ । प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारवार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि आज प्राधिकरणले प्रमुख शाहलाई सात दिने लिखित स्पष्टिकरण सोधेको हो ।
‘का.जि.का.म.न.पा.वडा नं. ९ स्थित नक्सा सिट न. १०२–११४७–१५, कि.नं.३० को जग्गा यस प्राधिकरणले तारवार लगाई ऐनको दफा ७ बमोजिम नियमित गरी राखेको विमानस्थल क्षेत्र हो’, प्राधिकरणले भनेको छ ।
साथै प्राधिकरणले तारवार फेन्सीङ्ग काटी लैजाने कार्यमा शाहको प्रत्यक्ष संलग्नता देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको छ ।
म्याद भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमोजिम कारवाही गर्ने प्राधिकरणको चेतावनी छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar