काठमाडौं– दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म ’आदिपुरुष’ काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ ।
बिहीबार ’जानकी भारतीय छोरी हुन’ भन्ने संवादलाई लिएर विवाद भएसँगै बिहानी शो रद्द गरिएको थियो । नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले ११ बजेदेखि काठमाडौं उपत्यकामा फिल्म प्रदर्शन गरेको क्युएफएक्सकी बजार प्रबन्धक तृप्ती गिरीले बताइन् ।
विवादित संवाद नेपालमा मात्रै हटाइएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ’जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतबाट पनि नहटेसम्म काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बताएका छन्। उनले उक्त संवाद हटाउन तीन दिनको समय दिएका छन् ।
ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन् ।
रामायण कथामा आधारित भएर चलचित्र निर्माण गरिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar