काठमाडौं– भारत सरकारले बिहीबारदेखि लागू हुने गरी भटमास र सूर्यमुखी तेलको आयातमा लाग्ने भन्सार शुल्कमा पाँच प्रतिशत कटौती गरेको छ ।
तेलको आयातमा लाग्ने भन्सार शुल्क १७.५ प्रतिशतबाट घटाएर १२.५ प्रतिशतमा झारिएको संघीय अर्थ मन्त्रालयअन्तर्गतको राजस्व विभागले जारी गरेको सूचनामा उल्लेख छ ।
भारतमा खाना पकाउने दुवै तेल अर्जेन्टिना, ब्राजिल, युक्रेन र रुसलगायत देशबाट आयात हुने गरेको छ । घरेलु माग पूरा र खाना पकाउने तेलको बढ्दो मूल्यलाई नियन्त्रण गर्न यी दुई उत्पादनहरूको थप आयातलाई अनुमति दिने उद्देश्यले यो कदम चालिएको हो । करिब ६ महिनापछि भन्सार महशुलको दर पुनरावलोकन गरिएको थियो ।
सूचनामा भनिएको छ, ‘सार्वजनिक हितमा त्यसो गर्न जरुरी छ। यो निर्णय १५ जुनदेखि लागू हुनेछ।’ विश्वको सबैभन्दा ठूलो वनस्पति तेल खरिदकर्ता भारतले प्रशोधित भटमास तेल र सूर्यमुखी तेलमा आधार आयात शुल्क घटाएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar