काठमाडौं – आउँदो जुलाई ११ (असार २६) मा ‘नथिङ’ ले नयाँ फोन सार्वजनिक गर्ने घोषणा गरेको छ ।
नथिङ फोन वनले विश्वबजारमा राम्रै स्थान जमाएको कम्पनीको दाबी छ । कम्पनीका संस्थापक कार्ल पेईले नथिङको पहिलो स्मार्टफोन साढे सात लाख थान बिक्री भएको जानकारी दिएका छन् । यसपटक अमेरिकी बजारमा समेत नथिङ फोन उपलब्ध हुने बताइएको छ ।
नथिङ फोन टु पहिलो संस्करणभन्दा निकै प्रिमियम रहने कम्पनीले जनाएको छ । यसमा स्न्यापड्रागन ८ प्लस जेन वन चिपसेट, ४,७०० एमएएचको ब्याट्री, १२० हर्ज रिफ्रेस रेट सहितको ६.५५ इन्चको डिस्प्ले, ५० मेगापिक्सेलमा मुख्य क्यामेरा लगायतका फिचर रहनेछन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar