काठमाडौं– वानएक्स बेटमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो ।
जसमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार ’बल्छी ध्रुवे’ मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ’म्याकुरी’ पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने राजुमास्टर उर्फ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर अलिश राई छन् ।
त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर ’जलन’, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली छन् ।
उनीहरूलाई प्रहरीले निगरानी गरिरहेको थियो। युट्युबमार्फत वानएक्स बेट प्रचारप्रसार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar