मकवानपुर– मकवानपुरमा ५४ लाख रुपैयाँबराबरको अवैध सुनसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब ५४ लाख ४८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित पक्राउ परेका युवकलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ का २२ वर्षीय किसन साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेको चेकपोष्टमा हेटौँडा आउँदै गरेको प्रदेश २–०३–००१ ख ०१५९ नंको बसमा रहेका साहलाई सुनसहित पक्राउ गरेको हो ।
साह जुत्ताको नोकभित्र ५ सय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा समातिएका प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar