तनहुँ– तनहुँको व्यास नगरपालिकामा आमा र नवजात शिशुको ज्यान गएको छ । सुत्केरी गराउने क्रममा व्यास नगरपालिका–१२ कमलबारीकी २७ वर्षीया शर्मीला दरै र शिशुको पोखरामा रहेको क्षेत्रीय गण्डकी अस्पतालमा ज्यान गएको हो ।
मृतक दरैका आफन्तले चिकित्सकको लापरबाहीका कारण आमा र शिशुको ज्यान गएको भन्दै छानबिनको माग गरेका छन् ।
छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिएकाले पोष्टमार्टमको रिपोर्ट आएपछि छलफल गर्ने सहमति भएको चीजबहादुर दरैले बताए ।
पीडितपक्ष र अस्पतालका चिकित्सकबीच भएको छलफलमा चिकित्सक टोलीले महिला र शिशु दुवैलाई बचाउन हरपल प्रयत्न गरे पनि बचाउन नसकेको बताएका दरैले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar