काठमाडौं– काटमाडौंको जडिबुटीमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा बा५ख ३४३७ नम्बरको ट्रिपरले बागमती प्रदेश–०२–०२६ प २१२१ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिएको हो ।
ठक्करबाट मोटरसाइकलमा सवार दोलखा शैलुङ्ग गाउँपालिका–२ घर भई काठमाडौं कोटेश्वर बस्ने ३० वर्षीय झनक थापा मगरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सिभिल अस्पताल नयाँबानेश्वरमा उपचार भइरहेको छ ।
ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar