तनहुँ– तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिक बोराभित्र आज एउटा शव फेला परेको छ । सोही वडाको चिहानडाँडा नजिकको नालामा बोराभित्र महिलाको शव सडिसकेको अवस्थामा फेला परेको हो ।
मृत फेला परेको महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए। घटनास्थलमा नायब उपरीक्षक खाँणको नेतृत्वमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ ।
“प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ। अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्छ” उनले भने “शव सडिसकेको छ, अनुहार चिनिने अवस्था छैन।”
महिलाको हात पछाडिपट्टि बाँधिएको अवस्थामा रहेको व्यास नगरपालिका–४ का वडासदस्य सरोज भण्डारीले बताए । उक्त बाटो हिँड्डुल गर्ने स्थानीयवासीले गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar