काठमाडौं– ‘आईएमई पे’मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराइने भएको छ ।
सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका अनुसार करिब ८ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको छ ।
सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने छन् ।
‘मानौं पोखराबाट सौर्यको जहाज चढेर काठमाडौं आएका ५० जना यात्रीले नै आईएमई पेमार्फत टिकट काटेका छन् भने सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क प्राप्त गर्ने छन्,’ अध्यक्ष पोखरेलले भने। काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले जानकारी दिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar