काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने भएका छन् ।
आज साँझ ५ बजे प्रदेश सभाको आकस्मिक बैठक बोलाएर मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको जनता समाजवादी पार्टीका सांसद रामअतिश यादवले जानकारी दिए ।
उनका अनुसार पुरानो सत्ता समीकरणमा आवद्ध दल सरकारबाट बाहिरिएकाले विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेले केन्द्रको सरकार परिवर्तन भएसँगै सरकारबाट बाहिरिएको थियो ।
सरकारबाट बाहिरिएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता छ । त्यसो नगरे सर्वोच्च अदालतमा रिट परी कानुनी अड्चन आउने भन्दै मुख्यमन्त्री यादवले आकस्मिक बैठकमार्फत विश्वासको मत लिन लागेका हुन् ।
सरोजकुमार यादव गत पुस २७ गते नेकपा एमाले, जसपा र जनमत पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar