काठमाडौं– निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गर्ने भएको छ ।
राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन गरिने जानकारी दिए ।
त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ ।
त्यसपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar