काठमाडौं– प्युठानको भिंगृमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री बोकेको लु १ च ६३४५ जीप भिंगृमा दुर्घटनामा परेको हो ।
जीपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना रहेका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले जानकारी दिए । उनका अनुसार घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कोइरालाले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar