काठमाडौं– आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने भएको छ । सङ्घीय संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०÷ ८१ को बजेटमाथि छलफल हुने कार्यसूचि रहेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथिको छलफलमा उठेको प्रश्नहरुको जवाफ दिने कार्यसूचि आज पनि रहेको छ ।
प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले आइतबार नै दिने भनिए पनि प्राविधिक कारण देखाउँदै आजका लागि सारिएको हो ।
अर्थमन्त्री महतले जेठ १५ गते संसदमा बजेट पेश गरेका थिए । बजेटमा व्यवस्था गरिएका कतिपय करका दर र नयाँ व्यवस्था विवादित बनेका छन् । त्यसको विपक्षी दलहरुले बिरोधसमेत गरेका छन् ।
बजेटमाथि आज पनि सांसदहरुले आ–आफ्ना धारणा राख्ने कार्यक्रम जारी रहनेछ । गत सोमबारदेखि बजेट माथि छलफल सुरु भएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar