काठमाडौं– उरुग्वेले फिफा यू–२० (२० वर्षमुनि) को विश्व कप फुटबलको उपाधि जितेको छ । अर्जेन्टिनामा हिजो आइतवार राति भएको फाइनलमा उरुग्वेले इटालीलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
उरुग्वेको जितमा खेलको ८६ औँ मिनेटमा लुसिआनो रोड्रिगेजले गोल गरे ।
तीन पटक फाइनलमा पुगेको उरुग्वेले पहिलो पटक २० वर्षमुनिको विश्व कप जितेको हो । यसअघि उरुग्वे सन् १९९७ र २०१३ मा उपविजेता बनेको थियो ।
त्यस्तै पहिलो पटक २० वर्षमुनिको विश्व कप फाइनलमा पुगेको इटाली भने उपविजेता बन्यो ।
२० वर्षमुनिको विश्व कप उपाधि अर्जेन्टिनाले सबैभन्दा धेरै छ पटक जितेको छ । यस्तै ब्राजिलले ५ पटक यो उपाधि जितेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar