पर्सा– वीरगञ्ज महानगरपालकाको एक वडाको नाला सफाइ गर्ने क्रममा हिजो आइतवार ठूलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ ।
महानगरपालिकाका कर्मचारीहरूले वीरगञ्ज–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला परेको हो ।
नाइन एमएमको ३२ थान, ३८ बोरको २४ रान्ड, एसएलआरको चार राउन्ड, हर्नेटको १७ राउन्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी एक सय पाँच राउन्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए ।
भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar