काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैँले चालु खर्च कटौती गर्ने प्रतिबद्धता विपरीत आउँदो आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलमा उपाध्यक्ष पौडेलले आउँदो आर्थिक वर्षको बजेटमा चालु खर्च गएको वर्षको तुलनामा ९७ अर्ब रुपैयाँले बढी हुनु सरकार आफैँले गरेको घोषणा विपरीत रहेको बताए । उनले सरकारले खर्च कटौती गर्ने भनेर बजेटमा नै ढाँटेको उल्लेख गरे ।
त्यसैगरी पुँजीगत खर्च बढाउने भनेर सरकारले आउँदो आर्थिक वर्षको तुलनामा ७८ अर्ब ३१ करोड रुपैयाँले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले बताए । उनले बजेटमा चालु खर्च घटाउने कुरालाई इन्कार गरिएको र पुँजीगत खर्च बढाउने कुरालाई अस्वीकार गरिएकाले त्यो असङ्गत रहेको दाबी गरे ।
उनले भने, ‘बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्ब ४४ अर्ब छ । आउँदो आर्थिक वर्षको चालु खर्च ११ खर्ब ४१ अर्ब प्रस्ताव गरिएको छ । अर्थात् चालु आर्थिक वर्षको तुलनामा आउँदो आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालु खर्च ९७ अर्बले बढी छ । यसरी चालु खर्च घटाउने दाबीलाई बजेटले नै खण्डन गरेको छ सभामुख महोदय । भन्दा चालु खर्च घटाउने भन्ने र गर्दा चालु खर्च बढाएर बजेट प्रस्तुत भएको छ । त्यसैगरी चालु आर्थिक वर्षका लागि पुँजीगत खर्च तीन खर्ब ८० अर्ब ३८ करोड विनियोजन गरिएको थियो । आउँदो आर्थिक वर्षका लागि तीन अर्ब दुई अर्ब सात करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा आउँदो आर्थिक वर्षका लागि प्रस्ताव गरिएको पुँजीगत विनियोजन ७८ अर्ब ३१ करोड रुपैयाँले कम छ । यसको अर्थ के हो भने चालु खर्च घटाउँछु भनेको बढाउने र पुँजीगत खर्च बढाउँछु भनेर घटाउने यो बजेटको चरित्र रहेको छ ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar