हुम्ला– हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ ।
ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो ।
ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका छन् । घाइते हुनेमा सर्केगाड–८ कै ११ वर्षीय खनिल ऐडी रहेका छन् । दुवैजना बाख्रा चराउन वनमा गएका थिए । रोकायाको घट्नास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
ऐडीको दाहिने हात भाँचिएको छ । उनको स्वास्थ्य चौकी राहदेवमा उपचार भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar