काठमाडौं– कञ्चनपुरको बनबासा नजिकै पर्ने भारतीय बजार खटिमामा भएको सडक दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु भएको छ ।
खटिमाको चकरपुर भन्ने स्थानमा शनिबार दिउँसो कार र दुई स्कुटर ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम घर भई भारतको खटिमास्थित मुडेली गाउँमा बस्दै आएका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५६ वर्षीया सरस्वती तथा बुहारीहरु २७ वर्षीया नर्मदा चन्द र ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको हो ।
उनीहरु चढेको दुवै स्कुटरलाई कारले ठक्कर दिएको बताइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar