२०८१ जेष्ठ ८, मंगलबार
काठमाडौं– आज हिजो अस्तिको जस्तो गर्मी नहुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् शान्ति कँडेलका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले आज केही शीतल हुने अनुमान छ । काठमाडौंसहित पहाडी क्षेत्रका केही ठाउँमा दिउँसोपछि मौसम आंशिकदेखि सामान्य बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको उनले बताइन् ।
मनसुन अनुकूलको वातावरण बनिरहेकाले तापक्रम केही घट्ने मौसमविद् कँडेलले बताइन् । उनका अनुसार अहिले नेपालमा पश्चिमी वायुसँगै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ ।
यसकै प्रभावका कारण काठमाडौंसहित पहाडी क्षेत्रमा चिसो हावा चल्न सुरु भएको छ । जलवाष्पयुक्त हावाको केही प्रभाव तराईका जिल्लामा पनि पर्ने मौसमविद् कँडेलले बताइन् ।
तराईका जिल्लामा एकै पटक धेरै तापक्रम नघटे पनि केही घट्ने र अलिकति भए पनि राहत मिल्ने उनको भनाइ छ । एक हप्ताभन्दा लामो समयदेखि तराईमा लगातार तापक्रम बढिरहेको छ भने तातो हावा लू चलिरहेको छ । अत्यधिक गर्मीका कारण तराईका धेरैजसो विद्यालय बन्द छन् । अब भने बिस्तारै राहत मिल्ने अनुमान छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar