काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।
शनिवार शनिवार भक्तपुरमा आयेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताएका हुन् ।
नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन तयार रहेको जिकिर गरे । उनले भने, ‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्यौँ, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसद्मा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ । हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसै कसैलाई लागेको छ, एमाले, एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ । आउनुहोस्, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिस्ट पार्टी नेकपा फेरि ब्युँताऔँ । तर मान्छे आफ्नो के हुन्छ भन्ने सोच्न थाल्यो भने मैले कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइदिए । के हुन्थ्यो, सल्लाहकार भएर बसे हुँदैन, केटाहरूले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि । ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु ।’
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar