काठमाडौं– सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला परेको छ ।
आज बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका–७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए । गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा गाडी दुर्घटना हुँदा सुनकोशी नदीमा खसेको थियो ।
उक्त दुर्घटना हुँदा दुई जना कर्मचारीको शव फेला परिसकेको थियो। शनिबार भुर्तेलको शव दुर्घटनास्थलबाट अन्दाजी ९५ किलोमिटर पर उदयपुरको ताप्ली गाउँपालिका–५ कुमलटारस्थित सुनकोशी नदी किनारमा फेला परेको हो ।
प्र.३–०१–००२ झ ४९८५ नम्बरको गाडीमा भुर्तेलसहित चार जना भक्तपुरबाट खोटाङतर्फ जाँदै थिए ।
दाङका चालक कृष्ण चौधरीले पौडी खेलेर आफ्नो ज्यान बचाउन सफल भएका थिए । तर त्यसमा सवार सिटिइभिटीका प्रशासन महाशाखा निर्देशक ५७ वर्षीय सहसचिव कृष्णबहादुर केसी र विद्युत प्रशिक्षक ३२ वर्षीय भानु पौडेलको मृत्यु भएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar