काठमाडौं– नेपाल सरकारले मिटर ब्याज जाँचबुझ आयोग गठन गरे यता मधेस प्रदेशका ८ वटा जिल्लामा १८ हजार ९१ वटा उजुरीहरू दर्ता भएका छन् । गृह मन्त्रालयको तथ्यांकअनुसार मिटर ब्याजसम्बन्धमा ७ जना पक्राउसमेत परेका हुन् ।
जेठ २६ गतेसम्मको तथ्यांकअनुसार बारा जिल्लाको जिल्ला प्रशासन कार्यालयमा सबैभन्दा बढी ३ हजार ३२२ वटा मुद्दा दर्ता भएका छन् ।
त्यस्तै, पर्सामा १ हजार ३२१ वटा, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२० वटा, महोत्तरीमा २ हजार ३३६ वटा, धनुषामा २ हजार ६१५ वटा, सिरहामा २ हजार ९२० वटा तथा सप्तरीमा १ हजार ५७९ वटा मुद्दा दर्ता भएका छन् ।
कूल उजुरीमध्ये १३९ वटा छलफलमा रहेका छन् भने १२६ वटा मिलापत्र भएका छन् । धनुषा र सप्तरीमा २ जनाविरुद्ध मुद्दा दर्ता पनि गरिएको छ । यस्तै, ३ जना पुरुष र ४ जना महिला पक्राउ पनि परको छन् । अझै १५ हजार ९६१ मुद्दा फर्स्योट हुन बाँकी रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar