काठमाडौं– जाजरकोट र दाङमा पोखरीमा डुबेर तीन जना बालकको ज्यान गएको छ । जाजरकोटको भेरी नगरपालिका–१३ मा खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हिजो दुई बालकको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा नरबहादुर बस्नेतका ८ वर्षका छोरा पाण्डव बस्नेत र टीकाराम बस्नेतका ९ वर्षका छोरा प्रमोद बस्नेत रहेका वडाअध्यक्ष यज्ञबहादुर बटालाले जानकारी दिए । उनीहरु हिजो स्कुल छुटेपछि पौडी खेल्न गएका थिए ।
यस्तै दाङको देउखुरीमा रहेको राप्ती नदीमा डुबेर एक बालकको ज्यान गएको छ । लमही नगरपालिका–४ बुड्कवाका सुरेश चौधरीका १२ वर्षीय छोरा राहुल चौधरीको डुबेर ज्यान गएको लमही–४ का वडाअध्यक्ष सुवास न्यौपानेले जानकारी दिए ।
पानीका मुहान सुक्न थालेपछि सिँचाइ र खानेपानीका लागि स्रोत बढाउन खनिएका पोखरी, आकाशे पानी संकलन गर्न बनाएका कृत्रिम पोखरीमा व्यवस्थित तारबार नलगाउने तथा असावधानीले डुबेर बालबालिकाले ज्यान गुमाउने घटना बढ्दै गएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar