• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

३ घण्टा अघि
२

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

३ घण्टा अघि
३

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

४ घण्टा अघि
४

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

५ घण्टा अघि
५

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

५ घण्टा अघि
६

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

६ घण्टा अघि
७

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

६ घण्टा अघि
८

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

६ घण्टा अघि
९

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

७ घण्टा अघि
१०

अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

७ घण्टा अघि
११

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

७ घण्टा अघि
१२

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ६ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • हरिपुर्वा नगरपालिकामा दुई महिनादेखि तालाबन्दी, विकासको काम ठप्प

    न्युज डेस्कप्रकाशित मिति: २०८० जेष्ठ २७, शनिबार (१ साल अघि)
  • २१२ पाठक संख्या
  • haripurba nagarpalika

    सर्लाही– सर्लाहीको हरिपुर्वा नगरपालिका कार्यालयमा तालाबन्दी भएको करिब दुई महिना भयो । नगरका जनप्रतिनिधिबीच राजनीतिक आग्रह पूर्वाग्रह रहेका कारण लागेको लालबन्दी खुलाउने प्रयास कसैले नगर्दा नगरको विकास निर्माणको काम प्रभावित भएको छ ।

    नगरपालिकमा राजनीतिक विवादका कारण प्रमुख प्रशासकीय अधिकृत नगरपालिका आउन नमान्नु हरिपुर्वा नगरपालिकाका लागि कुनै अनौठो कुरा होइन । दुई महिनाको अवधिमा चार जना प्रमुख प्रशासकीय अधिकृत सरुवा भएर आए पनि कोही नबसेका नगर प्रमुख विनोद साहले जानकारी दिए ।

    उनका अनुसार स्थानीय तहको दोस्रो निर्वाचनमार्फत नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको भएको पनि एक वर्ष पूरा भएको छ तर आन्तरिक विवादका कारण नगरको विकासको काम ठप्पजस्तै छ ।

    राजनीतिक द्वन्द्वका कारण हरिपुर्वा नगरपालिकाको आर्थिक वर्ष २०७९÷०८० को नगरसभा नै ढिलो भयो । गत मङ्सिरमा नगरसभा भए पनि विकासको काम अघि बढ्न नसकेको नगर प्रमुख साहले बताए ।

    हरिपुर्वा नगरपालिकाका लागि कार्यालय सहयोगी भर्ना, नगरपालिकाको भवन निर्माण गर्ने स्थान, प्रहरीचौकी निर्माणजस्ता कुरामा जनप्रतिनिधि र राजनीतिक दलहरुबीच कुरा नमिल्दा नगरपालिकाको कार्यालयमा तालाबन्दीको अवस्था आएको स्थानीय युवा वीरेन्द्रप्रसाद अधिकारीले बताए ।

    नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र) सहितका पार्टीले एक सर्वदलीय सङ्घर्ष समिति नै बनाएर नगरपालिकाको आफ्नै जमिनमा कार्यालय भवन बनाउनुपर्ने, प्रहरीचौकीका लागि खरिद गरेकै जमिनमा भवन बनाउनु पर्नेलगायतका नौ माग राखेर आन्दोलन गरेको सर्वदलीय सङ्घर्ष समितिका संयोजक विकाउ यादवले बताए ।

    उनका अनुसार माग पूरा गर्न नगरपालिकाले चासो नदिएपछि सङ्घर्ष समितिले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।

    गत चैत १५ गतेदेखि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको सङ्घर्ष समितिका संयोजक यादवले बताए । उनका अनुसार नगरपालिकाको भवन मन्दिरको जमिनमा बनाउन खोजेपछि विवाद बढेको हो । आर्थिक वर्षको अन्त्य हुनै लागेको र यो समयमा विकासको काम धमाधम गर्नुपर्नेमा नगरपालिकाको कार्यालयमा तालाबन्दी भएपछि विकास निर्माणको काम ठप्प भएको छ ।

    चैत १५ गते प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने सरुवा भएपछि चैत २२ गते उपसचिव ध्रुवराज आर्चायलाई हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मन्त्रालयमा पठाएको भए पनि उनी आएनन् ।

    त्यसपछि शाखा अधिकृत शम्भुप्रसाद यादवलाई वैशाख १४ गते प्रमुख प्रशासकीय अधिकृतमा पठाएर उनी वैशाख १७ गते हाजिर भएको एक घण्टामै सरुवा भए । त्यसयता रिक्त रहेको सो पदमा वैशाख २४ गते सरकारले निमेष मिश्रलाई सरुवा गर्यो तर उनी विवादका कारण आएनन् । नगरपालिकामा तालाबन्दी जारी रहेको र हाजिर हुने अवस्था नभएकाले नआएको मिश्रले बताए ।

    त्यसपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको समन्वयमा नगरपालिकाको तालाबन्दी खुलाउने प्रयास गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले पटकपटक तालाबन्दी खुलाउने प्रयास गरेको भए पनि सहमति नजुट्दा नगरपालिकमा लागेको तालाबन्दी जारी रहेको छ ।
    ताला खोल्न आफूहरू तयार रहेको भए पनि नगर प्रमुख साहसहितका मानिसको अनावश्यक अडानका कारण त्यो असम्भव भएको सङ्घर्ष समितका सदस्य योगनारायण रायले बताए । उनका अनुसार सङ्घर्ष समितिले राखेका माग पूरा गर्ने लिखित प्रतिबद्धता गर्न नगर प्रमुख साह तयार नभएपछि सहमति नजुटेको हो ।

    यता, नगरप्रमुख साहले नगरको विकासका लागि आफू लागि परे पनि सङ्घर्ष समितिले अवरोध गरेर काम गर्न नदिएको आरोप लगाए । उनका अनुसार कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ताबाहेक अन्य कुनै पनि काम भएको छैन ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

  • सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

  • ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

  • शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग


  • समाचार
  • १

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    ३ घण्टा अघि

  • २

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    ३ घण्टा अघि

  • ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    ४ घण्टा अघि

  • ४

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    ५ घण्टा अघि

  • ५

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    ५ घण्टा अघि

  • ६

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    ६ घण्टा अघि

  • ७

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    ६ घण्टा अघि

  • ८

    परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
    ६ घण्टा अघि

  • ९

    देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन
    ७ घण्टा अघि

  • १०

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन
    ७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ४ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution