• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

३ घण्टा अघि
२

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

३ घण्टा अघि
३

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

४ घण्टा अघि
४

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

६ घण्टा अघि
५

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

६ घण्टा अघि
६

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

६ घण्टा अघि
७

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

६ घण्टा अघि
८

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

७ घण्टा अघि
९

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

७ घण्टा अघि
१०

अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

७ घण्टा अघि
११

सुनको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

७ घण्टा अघि
१२

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ६ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • प्रदूषणले निम्त्यादैछ पुरुष प्रजनन संकट !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० जेष्ठ २७, शनिबार (१ साल अघि)
  • ३५३ पाठक संख्या
  • prajanan-sankat

    एजेन्सी – विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको देखिएको छ । बाँझोपनाका निम्ति एक प्रमुख कारक मानिएको यस्तो खस्कँदो गुणस्तरको कारण चाहिँ के हो भन्नेबारे धेरै चर्चा गरिँदैन । तर अहिले आएर वैज्ञानिकहरूले ती कारणबारे निकै जानकारी बटुलेका छन् ।

    ‘हामी तपाईँको समस्या समाधान गर्न सक्छौँ,’ चिकित्सकले जेनिफर ह्यानिङ्टनलाई भने । त्यसपछि ती चिकित्सक उनका पति सिआरानतर्फ फर्किए अनि भनेः ‘तर तपाईँलाई भने हामीले खासै मद्दत गर्न सक्दैनौँ ।’इंङ््ल्यान्डको योर्कशरमा बस्ने यी दम्पतीले दुई वर्षदेखि सन्तान जन्माउने कोसिस गर्दैछन् । जेनिफरलाई प्रजनन क्षमतालाई प्रभाव पार्न सक्ने पोलिसिस्टिक ओभरियन सिन्ड्रम भन्ने बिमारी थियो । त्यसैले गर्भधारण गर्न अप्ठेरो हुने उनीहरूले ठानेका थिए । तर सिआरानको स्वास्थ्य अवस्थामा पनि समस्या होला भनेर उनीहरूले सोचेका थिएनन् । परीक्षणहरू गर्दा उनको वीर्यमा थोरै संख््यामा र कम गतिशील शुक्रकीट भएको पाइयो । अनि उपचार हुनसक्ने कि नसक्ने भन्ने सन्दर्भमा यी समस्या भनेको जेनिफरको समस्याभन्दा पनि गम्भीर थिए ।

    चिकित्सकको कुरा सुनेर उनी स्तब्ध भए । ‘मैले मेरी पत्नीलाई निराश पारेको जस्तो अनुभव भयो ।’ त्यसपछिका वर्षहरूमा उनको मानसिक स्वास्थ्य पनि बिग्रियो ।बाँझोपनाको लगभग आधा मामिला पुरुषका कारण हुन्छन् । करिब ७ प्रतिशत पुरुषमा त्यस्तो समस्या हुने बताइन्छ । तर महिला बाँझोपनाको तुलनामा पुरुष बाँझोपनाको चर्चा कम हुने गर्छ । प्रजनन क्षमताबारे समस्या बेहोर्ने पुरुषहरूको हकमा अधिकांशमा यकिन कारण थाहा हुँदैन – र विद्यमान सामाजिक मान्यताका कारण उनीहरू चुपचाप समस्या भोग्न बाध्य हुन्छन् ।

    अनुसन्धानहरूका अनुसार यो समस्या बढ्दो छ । अनि शुक्रकीटको गुणस्तरसहित पुरुष प्रजनन क्षमतामा प्रभाव पार्ने एउटा तत्त्व भनेको प्रदूषण रहेको पाइएको छ । यसको सम्भाव्य परिणाम व्यक्ति एवं समाजहरूमै धेरै पर्ने देखिन्छ ।

    लुकेको संकट ?

    गत शताब्दीमा संसारको जनसंख्या नाटकीय ढङ्गले बढ्यो । करिब ७० वर्ष पहिले मात्र यो पृथ्वीमा जम्मा अढाई अर्ब मानिस थिए । सन् २०२२ मा त्यो संख्या ८ अर्ब पुग्यो । तर सामाजिक तथा आर्थिक कारणले जनसंख्या वृद्धिदरको गति भने घट्न थालेको छ ।

    विश्वभरि नै जन्मदर कीर्तिमानी स्तरमा कम हुन थालेको छ । ५० प्रतिशतभन्दा धेरै मानिसहरू त्यस्ता देशमा बसिरहेका छन् जहाँको औसत जन्मदर २ बालबालिकाभन्दा कम छ – जसको अर्थ भनेको बाहिरबाट आप्रवासी नआए ती ठाउँमा जनसंख्या संकुुचित हुँदै जानेछ ।

    यसो हुनुका पछाडि कैयन् सकारात्मक कारणहरू पनि छन्

    – जस्तो महिलाको बढ्दो वित्तीय स्वतन्त्रता र प्रजनन स्वास्थ्यमा उनीहरूको बढ्दो नियन्त्रण। अर्कोतर्फ अनुसन्धानहरूले के पनि देखाएका छन् भने थोरै जन्मदर भएका देशका कतिपय महिलाहरूले परिवारहरूलाई थप सामाजिक तथा आर्थिक सरसहयोग हुने हो भने थप बच्चा जन्माउने थिए ।

    यही समय व्यक्तिहरूको बच्चा जन्माउने क्षमतामा पनि ह्रास आएको देखिएको छ । पुरुषहरूको हकमा शुक्रकीटको संख्या घटिरहेको देखिन्छ भने उनीहरूको टेस्टोस्टेरोनको स्तर पनि कम भइरहेको छ । बढ्दो संख्यामा पुरुषहरूमा उत्तेजनाको समस्या अनि अण्डकोषमा क्यान्सरजस्ता बिमारी हुन थालेका छन ।

    पौडने कोष

    ‘शुक्रकीट भनेका विशिष्ट किसिमका कोषहरू हुन्,’ डन्डी विश्वविद्यालयमा प्रजनन औषधिसम्बन्धी क्लिनिकल रिडर एवं गाइनेकोलजिस्ट सारा मार्टिन्स डा सिल्भा भन्छिन् । ‘ती साना हुन्छन्, ती पौडन सक्छन्, ती शरीरभन्दा बाहिर पनि बाँच्न सक्छन् । अन्य कुनै पनि प्रकारका कोषले त्यसो गर्न सक्दैनन् । ती असाधारणरूपमा विशिष्ट प्रकृतिका हुन्छन् ।’

    ती कोषमा स–साना परिवर्तनका पनि ठूलो असर पर्छ । खासगरी तिनको अण्डा निषेचन गर्ने क्षमतामा त्यस्तो असर पर्छ । निषेचनका निम्ति खासगरी तीनवटा कुरा महत्पूर्ण हुन्छ – तिनको गतिशीलता, तिनको आकारप्रकार, र निश्चित परिमाणको वीर्यमा तिनको संख्या । पुरुषले आफ्नो प्रजनन क्षमता जचाउँदा यिनै विषय हेरिन्छ ।

    ‘सामान्यतया, एक मिलिलिटर वीर्यमा ४ करोडभन्दा कम संख्यामा शुक्रकीट रहेछन् भने प्रजनन क्षमतामा असर पर्न थाल्छ,’ जेरुसलेमस्थित हिब्रु विश्वविद्यालयका इपिडेमियोलोजीका प्राध्यापक हेगाइ लेभिनले भने ।

    धेरै शुक्रकीट हुँदैमा गर्भ रहने सम्भावना धेरै नहुने भए पनि एक मिलिलिटर वीर्यमा ४ करोडभन्दा कम शुक्रकीट भएपछि चाहिँ त्यो सम्भावना द्रुत गतिमा घट्न थाल्छ ।सन् २०२२ मा लेभिन तथा उनका सहयोगीहरूले विश्वभरि औसत शुक्रकीट संख्यामा आइरहेको गिरावटको प्रवृत्तिबारे एक समीक्षा प्रकाशित गरेका थिए । उक्त अनुसन्धानअनुसार सन् १९७३ र २०१८ को बीचमा त्यो संख्या हरेक वर्ष १.२ प्रतिशत औसत दरमा घटेको थियो

    – १० करोड बाट घटेर औसत ४ करोड ९० लाख प्रतिमिलिलिटर हुने गरी । सन् २००० यता उक्त गिरावट दर प्रतिवर्ष २.६ प्रतिशत पुगेको पाइएको छ ।लेभिनका अनुसार यो द्रुत गिरावटका पछाडि ’इपिजेनेटिक’ परिवर्तनहरू कारक हुन सक्छन् । त्यो भनेको वातावरणीय वा जीवनयापन शैलीका कारण जीनले गर्ने काममा आएका परिवर्तन हुन् । अर्को छुट्टै अनुसन्धानले पनि तिनै कारक ठम्यायो ।

    ‘पुस्ता पुस्तामा यो थपिँदै गएका संकेत मिल्छन्,’ उनले भने ।‘यो गिरावटले पुरुषहरूको खस्कँदो स्वास्थ्यको मात्र नभई समस्त मानव जातिकै खस्कँदो स्वास्थ्य दर्शाउँछ,’ लेभिनले भने । ‘हामी जनस्वास्थ्य संकट बेहोरिरहेका छौँ – र यो उल्ट्याउन सकिन्छ कि सकिँदैन भनेर हामीलाई थाहा छैन ।’

    पुरुष प्रजनन क्षमतामा आएका ह्रासले भविष्यमा अन्य स्वास्थ्य समस्या समेत निम्तने आकलन अनुसन्धानहरूले गरेका छन् । एउटा सम्भावना के छ भने निश्चित प्रकारका जीवनशैलीले प्रजनन क्षमता लगायत अन्य स्वास्थ्य समस्या निम्त्याउँछन् ।

    ‘बच्चा जन्माउने इच्छा र त्यो पूरा गर्न नसक्नुको अनुभूति एकदमै नराम्रो हाे । तर यो त त्योभन्दा पनि ठूलो समस्या हो,’ डा सिल्भाले भनिन् ।

    व्यक्तिहरूले जीवनशैली परिवर्तन गरेर मात्र पनि शुक्रकीटको गुणस्तरमा आएका ह्रास नियन्त्रण गर्न सकिँदैन । बढ्दो प्रमाणले त यसको पछाडि अझ विस्तृत, वातावरणीय कारण रहेको देखाइरहेका छन्ः विषाक्त प्रदूषण ।

    विषाक्त विश्व

    यूकेको नटिंकम विश्वविद्यालयकी भेटरीनरी टिचिङ असोसिएट तथा अनुसन्धानकर्ता रेबिका ब्लांकार्डले घरभित्रै फेला पर्ने वातावरणीय रसायनहरूको पुरुष प्रजनन स्वास्थ्यमा सम्भाव्य प्रभावबारे अनुसन्धान गर्दैछिन ्। उनले त्यसको लक्षण देखाउन कुकुरहरूको पनि अनुसन्धान गरिरहेकी छन् ।

    ‘कुकुरहरू हामीजस्तै वातारणमा हुर्किरहेका छन्,’ उनले भनिन् । ‘ती एकै घरमा बस्छन् र तिनै प्रदूषक रसायन बेहोर्छन् । हामीले कुकुरमा अध्ययन ग¥यौँ भने मानिसमा कस्ता प्रभाव परिरहेका छन् भनेर छनक पाउन सक्छौँ ।’उनले आफ्नो अध्ययनलाई प्लास्टिकहरूमा पाइने रसायन, अग्नि शमनमा प्रयोग हुने रसायन र घरका अन्य सामान्य सर सामग्रीमा केन्द्रित गरिन् । त्यस्ता कतिपय रसायनको प्रयोगमा प्रतिबन्ध लागिसकेको भए तापनि पुराना सामग्रीमा अनि वातावरणमा तिनका अवशेष अझै भेटिन्छन् । तिनले मानिसको हर्मोन प्रणालीमा गडबडी उत्पन्न गराएर कुकुर अनि मानिसहरूको पनि प्रजनन क्षमतामा असर पारिरहेको उनको अध्ययनले पत्ता लगायो ।

    हामीले कुकुर र मानिस दुवैमा शुक्रकीटको गतिशीलतामा ह्रास आएको पायौँ,’ ब्लांकार्डले भनिन् । ‘डीएनए खण्डीकरणको परिमाण समेत बढेको पाइयो ।’शुक्रकीटको डीएनए खण्डीकरण भनेको शुक्रकीटको आनुवंशिक संरचनामा क्षति पुग्नु वा भत्कनुलाई जनाउँछ । त्यसले प्रजनन क्षमताबाहेक अन्य प्रभाव पनि पार्छः उदाहरणका लागि डीएनए खण्डीकरण बढ्दै जाँदा गर्भपतन हुने समस्या पनि बढ्ने ब्लांकार्डले बताइन् ।

    यो अध्ययनको निचोड अघिल्ला अनुसन्धानहरूका निचोडसँग पनि मेल खान्छन् । यस्ता विषाक्त तत्त्वहरूले महिला, पुरुष अनि शिशुहरूलाई पनि असर गर्छन् । गर्भाशयमै भएका शिशुमा समेत यस्ता ब्ल्याक कार्बन, फरेभर केमिकल्स तथा थालेट्सजस्ता हानिकारक रसायन भेटिएका छन् ।

    जलवायु परिवर्तनले पनि पुरुष प्रजनन क्षमतालाई नकारात्मक असर गर्ने ठानिन्छ । बढ्दो तापक्रमले शुक्रकीटलाई प्रभाव पारेको कैयन् पशुमा गरिएका अध्ययनले देखाएका छन् । सन् २०२२ मा गरिएको एउटा अनुसन्धानले पनि धेरै तापक्रममा काम गर्दा शुक्रकीटको गुणस्तर घट्ने बताएको थियो ।

  • subhayug
  • subhayug tv
  • subhayug.com
  • प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

  • सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

  • संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

  • मन पर्ने गोलको भिडियो सार्वजनिक गर्दै मेसी


  • समाचार
  • १

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    ३ घण्टा अघि

  • २

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    ३ घण्टा अघि

  • ३

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    ४ घण्टा अघि

  • ४

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    ६ घण्टा अघि

  • ५

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    ६ घण्टा अघि

  • ६

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    ६ घण्टा अघि

  • ७

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    ६ घण्टा अघि

  • ८

    परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता
    ७ घण्टा अघि

  • ९

    देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन
    ७ घण्टा अघि

  • १०

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन
    ७ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ४ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution