काठमाडौं– नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची)’ बाट हट्न सकेको छैन ।
यूनियनको मे मा बसेको सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहो¥याएको हो ।
सुरक्षा काउन्सिलको बैठक मे र नोभेम्बर महिना गरि वर्षमा दुई पटक बस्ने गरेको छ । सो बैठकले मात्र यो सूची पुर्नरावलोकन गर्छ । ईयूले बुधबार उक्त सूची सार्वजनिक गरेको हो । सोही कारण अब कम्तीमा ६ महिना नेपाल कालोसूचीमा यथावत रहने निश्चित भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यस पटक पनि नेपाल कालोसूचीबाट हट्न नसक्नुमा १ माघ २०७९ का दिन पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मुख्य कारण हो । पोखरा दुर्घटनामा ७२ जनाको ज्यान गएको थियो ।
नेपाल सन् २०१३ यता निरन्तर ईयूको कालोसूचीमा रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar