काठमाडौं – ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकट खरिदमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् ।
बैंकले रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो ।
यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेशिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
यो योजना सीमित अवधिका लागि लागू रहने बैंकले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar