२०८१ बैशाख १७, सोमबार
काठमाडौं – आयोजक बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र एचएचसीए प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बीएमसीएले भद्रकालीलाई ३६–३१ ले पराजित ग¥यो । विजयी टिमका लागि सुजन तामाङ र आशिष राईले समान ११–११ अंक जोडे । एचएचसीएले युनिभर्सिटीलाई ३७–२५ ले हरायो । एचएचसीएका डेभिड राईले ११ अंक जोडे ।
सिनियर ब्वाइजमै ग्रिनल्यान्डले हिमालयन किङडमलाई ६१–५०, सेन्ट जोसेफले जुगललाई ४०–३०, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञान भूमिलाई ३७–३०, गोल्डेनपिकले टीआईएलाई ५७–४० र ग्राम शिक्षाले बूढानीलकण्ठलाई ३२–२१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनल्यान्डका सुरेश बिसीले २०, सेन्ट जोसेफका निकेश तामाङले ११, इबीएका सोहन भण्डारीले ९, गोल्डेनपिकका विजय तामाङले २४ र ग्राम शिक्षाका छेवाङ भोटेले १४ अंक बटुले ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar