२०८० आश्विन ७, आईतबार
काठमाडौं– शेयर बजार आज सामान्य बढेको छ । हिजो मङ्गलवार २५ दशमलव ६६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ अङ्कमा पुगेको छ ।
आज व्यापार समूहको शेयर उच्च अङ्कले बढेको छ । आज कारोबार रकम पनि बढेको छ । दुई सय ६१ वटा कम्पनीका ६५ लाख ६१ हजार कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको १० करोड १३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सिद्धार्थ इक्युटी फन्डको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar