काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको बहस सकिएको छ । गएको आइतवारदेखि जाहेरीवाला र सरकारी वकिलले बहस थालेका थिए ।
हिजो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी नेउपानेले जानकारी दिए । सरकारी वकिलका तर्फबाट महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेलगायतले बहस गरेका थिए ।
बहस गर्ने क्रममा अधिवक्ताहरुले प्रतिवादीलाई थुनामै राखेर मुद्दा प्रक्रिया अघि बढाउन अदालतसमक्ष जिकिर गरेका छन् । उनीहरुले यो प्रकरणमा संलग्न भएको आरोप लागेका उच्च पदस्थ व्यक्तिमाथि पनि छानबिन गर्नु पर्ने बताएका छन् ।
जाहेरीवाला र सरकारी वकिलको बहस सकिएकाले अब प्रतिवादीकातर्फबाट बहस हुनेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।
थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता भएको छ १८ पक्राउ परेका छन् । १२ जना फरार छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar