काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमा गाँजा खेतीबारे अध्ययन गर्ने भनेर ल्याएको विषयमा आपत्ति जनाउँदै प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बजेटको छलफलमा बोल्दै उनले औषधीका लागि एक दुई बोट गाँजा लाउने जनतालाई जेल हाल्ने नियत देखिएको बताएका हुन ।
‘यो चलेपछि त्यसले सरकारसँग माग गर्छ । लाइसेन्स नलिएको गाँजा खेती गर्न पाइँदैन भनेर। गाउँगाउँमा गएर विरुवा उखेलिन्छन्। गाँजा खेतीको कुरा गर्दा जनताले कहाँ गरेका छन्। तर, आम रुपमा त्यतिकै उब्जिएको गाँजाबाट जीविका चलायो भने झेलखाना जान्छ।’ उनले भने।
त्यस्तै उनले गाँजा खेती कसका लागि चाहिएको, गाँजाको बिउ लिएर को व्यापारी बसेको छ? भन्दै सरकारलाई प्रश्न गरे ।
‘कसले गर्न खोज्दैछ गाँजा खेती अचम्म लाग्छ। गाँजा खेती कसलाई चाहियो? कसले गर्न खोज्दैछ? कसैले गर्न खोजेको छ गाँजा खेती यहाँ । कतिपय माननीयज्यूहरुलाई परेको होला हाम्रो गाउँमा गाँजा हुन्छ त्यसबाट कतिको जीविका चलेको छ। यो नियन्त्रित, नियोजित गाँजा खेतीको कुरा गरेको हो’ उनले भने ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar