२०८१ बैशाख १५, शनिबार
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन् ।
आज काठमाडौंमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुभारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्नँ भन्दिएँ । मैले हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि भारत पनि नगएको । खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भूमिका केही हुँदैन भने किन जाने ?’
उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar