विराटनगर– नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजैबाट फिर्ता लिएको जानकारी दिएका छन् ।
विराटनगरमा बिहान कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी)को बैठकले एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको थियो ।
यस्तै बैठकले आजै कोशी प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने समेत निर्णय गरेको र मन्त्रीहरुलाई राजीनामा बुझाउन निर्देशन पनि दिएको थियो ।
कोशी सरकारमा माओवादी केन्द्रका दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री थिए ।
प्रदेश कार्यालयको बैठकले पार्टी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोको नेतृत्वमा सरकार गठनका लागि छलफल गर्न समिति बनाउने निर्णय समेत गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar