काठमाडौं– त्रिभुवन विश्वविद्यालयले भक्तपुर बहुमुखी क्याम्पसमा कनिष्ठलाई प्रमुख नियुक्ति गरेको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कुर्सी रुखमा झुण्ड्याइदिएका छन् ।
कनिष्ठ प्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गरेको भन्दै विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ताले क्याम्पस प्रमुखको कुर्सी नै रुखमा झुण्ड्याइदिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले यही जेठ २१ गते कविता लुइँटेललाई क्याम्पस प्रमुख नियुक्त गरेको थियो । त्यसको विरोधमा उत्रिएको नेविसंघले क्याम्पस प्रमुख, लेखा शाखा र प्रसाशनमा तालावन्दी गरेको छ ।
त्यसबाट पनि चित्त नबुझेपछि क्याम्पस प्रमुखको कुर्सी कार्यालयबाट झिकेर रुखमा झुण्ड्याइको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar