२०८१ बैशाख १४, शुक्रबार
काठमाडौं– एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ ।
छनोटको समूह ’बी’ मा नेपाल, म्यानमार, चीन र चाइनिज ताइपेई रहेका छन् । नेपालले पर्सि बिहीवार चीन र शनिवार चाइनिज ताइपेईसँग खेल्नेछ ।
नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
नेपाली टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले मनोबल बढाएको र अबका हरेक खेल जित्नकै लागि खेल्ने बताए । उत्कृष्ट चार टोलीले उज्बेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar